Wednesday, June 11, 2014

विश्वकप फुटबल, बाजी कस्ले मार्ला ??

विश्वकप फुटबल, बाजी कस्ले मार्ला ??

विश्वकप फुटवलको २० औं संस्करण यही हप्ता ब्राजिलमा बड़ों तामझामका साथ शुरु हुदैछ। स्पेन प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। संसारभरी नै यतिबेला विश्वकप कस्ले जित्ला भनेर निक्कै अड्कलबाजीहरु चलेका छन्। विश्वकप जितिरहेकै देशले फेरि ट्रफी उचाल्ला या त कुनै देशले पैलो पटक उचाल्ला भन्ने तर्कहरु पनि प्रसस्तै चलेका छन। बेलायतमा सट्टा बाजी राख्ने ठाँउ ल्याडब्रोक्सले ब्राजिललाई पैलो अर्जेन्टिनालाई दोस्रो र त्यसपछी जर्मनी, स्पेन, बेल्जियम, पोर्चुगललाई राखेको छ भने ४ पटकको बिजेता इटालीलाई दशौ स्थानमा राखेको छ। इङ्ल्याड टपटेन पोसिबल कन्ट्री लिस्टमा पर्न सकेन। होन्डुरस र कोस्टारिका लिस्टको पुछारमा छन् । ल्याडब्रोक्सले जस्तै बिलियम हिलले र पयाड्डी पावरले पनि फेवरेट ब्राजिललाई नै मानेको छ, भने अर्जेन्टिनालाई दोस्रो र त्यसपछी जर्मनी, स्पेन, बेल्जियम नै छन्।

यो सट्टेबाजीको मार्केटले जे भने पनि यो विश्वकपमा दुइटा टिमले शुरुवात अरु भन्दा भिन्दै पाराले गर्नेछन्। पैलो स्पेन, दोस्रो ब्राजिल। स्पेन विश्वकपको डिफेन्डिङ च्याम्पियन मात्र नभएर, मिनि विश्वकप मानिने युरो कपको पछिल्लो २ संस्करणको बिजेता पनि हो। उस्ले पछिल्लो ६ बर्ष अतुलनीय फुटबल खेलिरहेको छ। स्पेन गर्वका साथ टाइटल डिफेन्ड गर्न ब्राजिल पुगेको छ। अर्को तर्फ फुटबलको पर्याय मानिने देश ब्राजिल यो पटक आफैं प्रतियोगिताको होस्ट कन्ट्री हो। आयोजकलाई जहिले पनि घरेलु दर्शकको समर्थनको फाइदा रहन्छ । १९ पटक मध्य ६ पटक होस्ट कन्ट्रीले प्रतियोगिता जितेका छन। पछिल्लो पटक फ्रान्सले होस्ट कन्ट्रीका रुपमा कप जितेको थियो। २००२ को विश्वकपमा द.कोरिया जस्तो देश सेमिफाइनलसम्म पुगेको उदाहरण नै हेर्ने हो भने पनि ब्राजिल यो पटक निक्कै उचो मनोबल लिएर मैदानमा उत्रनेछ। यद्दापी ब्राजिल विश्वकप फुटबलको सबैभन्दा सफल टोली हो, उस्ले ५ पटक कप जितेको छ भने, ७ पटक फ़ाइनल खेलेको छ र ९ पटक अन्तिम ४ मा पुगेको छ र ब्राजिल मात्र अैलेसम्मको विश्वकपमा छनोट हुने एक मात्र टिम हो। अर्को तर्फ ब्राजिललाई १९५० को विश्वकप आयोजना गरेर पनि कप जित्न नसकेको पिडा कहीं कतै छ भने, त्यो मेटाउने यो अवसर हुनेछ।
भर्डिक्ट, (म्याकसिमम)
स्पेन - सेमिफाइनल
ब्राजिल - च्याम्पियन

वर्तमान फुटबल जगतमा छाएका मेस्सी, रोनाल्डो, सुराज जस्ता खेलाडीले यो विश्वकप आफ्नो लागि
अविस्मरणीय बनाउनी कोशिश गर्नेछन्। ड्रोग्वा जस्तो खेलाडीको खेल फेरि एकपटक सारा संसारले हेर्नेछ। विश्वकपमा बल्लतल्ल छानिएका देशहरुलाई गुमाउन क्यै हुदैन, त्यसैले उनीहरु पावरहाउस भनिएका देशहरुलाई हराएर आश्चर्य जनक नतिजा दिनका लागि तयार छन्। यो परिप्रेक्षमा मेरो आँखा स्विजरल्याड, बेल्जियम, कोलम्बिया, आइभरी कोस्टा, उरुग्वे जस्ता देशमा पर्नेछ। भलै यि देशले विश्वकप नै जित्नेसम्मको चमत्कार त नगर्लान तैनी ठूला पावरहाउस भनिने देशहरुलाई कुनै पनि क्षण हराएर प्रतियोगिताबाट बाहिर पठाउन सक्छन। (फिफा र्यान्किंग हेर्नुहोस छेउको चित्रमा )

 मेस्सीका संसारभरीका फ्यानहरु उनको संम्भवत यो अन्तिम वल्डकप जितेको हेर्न चहान्छन। अधिकांश उनका फ्यानहरु उनमा महान फुटबलर म्यारेडोना कै अबशेष खोज्छन। क्लब फुटबलको अत्यन्तै सफल यिनको राष्ट्रिय टोलीबाट खेल्दा "केमेस्ट्री अफ गेम" नमिलेको धेरैले महसुस गर्छन। त्यसैले अर्जेन्टिना १६ वा ८ को राउन्डको महत्वपूर्ण स्टेजको प्रेशर गेममा चुक्न सक्छ । अघिल्लो विश्वकपमा जर्मनीसंगको ४-० को हार सायद अर्जेन्टिनीयन फ्यानले अझै भुलेका छैनन।
भर्डिक्ट: अर्जेनटिना - क्वाटरफाइनल
पोर्चुगल - क्वाटरफाइनल
उरुग्वे - सेमिफ़ाइनल (ग्रुप स्टेज पार गरेको खण्डमा)


विश्वकपमा अत्यन्तै कन्सिसटेन्ट टिम हो जर्मनी, जो १९ मध्येको १७ विश्वकपमा सहभागी भएको छ। ( पैलोमा सहभागी हुन नगएको, दोस्रो विश्वयुद्द पछीको पैलो विश्वकप १९५० - ब्राजिल को लागि जर्मन र जापानलाई छनोट खेल्नै दिइएको रहेनछ) १७ मध्य १२ पटक जर्मनीले सेमिफाइनलसम्मको यात्रा गरेको छ, जुन कुनै पनि देश भन्दा निक्कै माथी हो। बुडा र चोटग्रस्त खेलाडीको समस्याले चै जर्मनलाई सताएको छ। युरोप भन्दा बाहिर गएर कप जित्न जर्मनलाई चुनौती ठूलै चुनौती छ। प्राय इनकन्सिस्टेन्ट खेल खेले नि इटाली युरोपको अर्को पावरहाउस हो । ४ पटकको कप बिजेता खेलमा जुनसुकै बेला पनि फर्कन सक्ने क्षमता र संसारकै कठिन मानिने यिनको डिफेन्सिभ बाल ले इटालीलाई परसम्म पुराउन सक्छ। इटालीको खेलाडी प्राय सधै सिरी ए बाटै खेल्ने भएकाले यिनको खेल कम्बिनेशन बेजोडको हुने गर्छ। बालाटेली जस्तो खेलाडी चम्किए भने विश्वकपै जित्न इटालीलाई कसैले रोक्न सक्दैन। यद्दापी बुडा हुदै गएका खेलाडी इटालीको पनि समस्या हो।
भर्डिक्ट: जर्मनी - सेमिफ़ाइनल
इटाली - फाइनल

पछिल्लो समयका खेलहरु मध्यनजर गर्दा यो पटक इङ्ल्याड ग्रुप स्टेज पनि पार नगर्न सक्छ। फ़्रान्स क्वाटरफाइनल नपुगी पहिल्यै आउट हुन सक्छ। पछिल्ला संस्करणहरुमा क्वाटरफाइनलसम्म पुगेको अमेरिका ग्रुप स्टेज मै बाहिरिएला, हल्याड क्वाटरफाइनलसम्म पुग्ला, एसियाबाट कोरिया पनि क्वाटरफाइनल सम्म पुग्ला । सायद मेरो बिचारमा यो पटक १९७० र १९९४ को विश्वकपको फाइनल रिपिट हुनेछ। इंगलैंडका पूर्व खेलाडी माइकल ओबेनले चै यसो भन्दै टुइट गरेका छन् ।



केही रोचक कुराहरु
१. एउटै महादेशले लगातार ३ पटक सम्म कप जितेको छैन।
२. पश्चिम जर्मनी र पूर्वी जर्मनीको एकिकरण भएपछी जर्मनीले विश्वकप जित्न सकेको छैन।
३. विश्वकपको ट्रफीले प्रतियोगिता शुरु हुनु पुर्व ८८ बटा देश घुम्नेछ, त्यसैमा नेपाल पनि एक हो ।
४. २०१८ को विश्वकप रसियाले आयोजना गर्नेछ।
५. १९५० को विश्वकपमा भारत छनोट भए पनि खाली खुट्टा खेल्न पाउनुपर्ने आफ्नो माग पुरा नभएकाले प्रतियोगिताबाट नाम फिर्ता लियो।

तपाईलाई चै कसले जित्छ जस्तो लाग्छ विश्वकप, तल भोट हाल्नुस !!

Who will win World Cup 2014 ?
Brazil
Spain
Argentina
Italy
Germany
Portugal
England
Uruguay
France
Holland
Other
Poll Maker
   Click here to vote by alternative method


Thank You.

No comments: