Thursday, January 19, 2012

बजेट (एक सुत्र कथा); अजय ढुंगाना


बजेट

परार साल 
साइला बाले दिन भरी लाएर टि.भी.बाटै बजेट सुने, भोलिपल्ट बिहानै पत्रिका किन्न पुगे, दिनभरी पत्रिकामा बजेट नै पढेर बसे |

पोहोर साल
साइला बाले रेडियोबाट बजेट सुने, यो पटक अर्थमन्त्रि कस्ता थिए देखेनन्, भोलिपल्ट पत्रिका पनि किनेनन् |

यो साल
यो साल बजेटको सुरुमै अर्थमन्त्रीले भने "हामीले आगामी बर्ष बिकाश  बजेट १५%ले बढाएका छौ, यो बर्ष हाम्रो प्रत्येक नागरिकको प्रति ब्यक्ति आय २५% ले बढ्यो..........." 
त्यसपछि स्या स्या गर्दै साइला बाको रेडियो ब्याट्री सकिएर बन्द भयो, 
उनले बाँकी बजेट सुनेनन्, भोलिपल्ट पत्रिका किन्न सम्झदै सम्झेनन् |



अजय ढुंगाना
लण्डन
जनवरी, २०१२

No comments: