Thursday, January 20, 2011

गजल (१०८); अजय ढुंगाना

                             गजल
आखाका स्वप्न द्रस्टा मनभित्रै केरेर आएछौ तिमी,
नवीन उषामा आशाको किरण बेरेर आएछौ तिमी,

प्रेम प्राप्ती हिस्सा भन्दा, समर्पण र त्याग ठूलो,
प्राप्ती मात्र सोच्ने आत्मा फेरेर आएछौ तिमी,

सोच मात्र एक पटक द्धन्द चल्छ  विचारको,
फगत विचार परिधि भित्रै घेरेर आएछौ तिमी,

आगो दन्किदैछ स्वार्थताको, त्यही राफबाट उम्किएर,
अभिनव जीवन जिउने प्रयास हेरेर आएछौ तिमी, 

अजय ढुंगाना



No comments: