Friday, September 26, 2014

कहाँ बस्ने टुइटेले कस्तो टुइट गर्छन ??

कहाँ बस्ने टुइटेले कस्तो टुइट गर्छन ??

पछिल्लो तीन बर्ष टुइटरमा निकै धेरै समय बिताइयो, यसको आफ्नै मज्जा छ, यसको बेग्लै रमाइलो छ | 

टुइटर आफ्नो इन्ट्रेस्टको बिषयका व्यक्ति वा संस्था वा चिजलाई फलो गरेर त्यस सम्बन्धि अधिक जानकारी लिने र आफ्नो दक्षता बढाउने संजालको रुपमा आम मानिसले बुझे पनि नेपालीमा टुइट गर्नेहरु बीच छुट्टै संसार छ | अधिकांश यहाँ रमाइलोको लागि टुइट गर्ने भेटिन्छन यसका अलावा आफुलाई मन लागेको कुरो टुइट गर्न त कसले कसलाई छेक्छ र ?? 

म टुइटरमा धेरैलाई फलो गर्न रुचाउछु, त्यसैले मेरो फ़लोइङ्ग लिस्टमा राउण्ड द ग्लोबका थुप्रै नेपालीहरु भेटिन्छन | तपाई टुइटर चलाउनु हुन्छ?? नेपाली टुइटेहरुको कहाँ  बसेर टुइटर चलाउछन भन्ने थाहा छैन?? मैले यसै सन्दर्भमा एउटा अनुसन्धान गरेकोछु, टुइटको प्रकृति हेरेर को कुन ठाउँमा बसेर टुइट गर्छ भन्ने बुझ्न सजिलो हुन्छ | आउनुस आज यही अनुसन्धानको मुख्य बुदाहरु के के रहेछन हेरौ | :पी
फार इस्ट अर्थात् पृथ्बीकै सुदुर पूर्व बस्नेहरु

  • यिनीहरु टुइटरमा सबै भन्दा पैले 'गुड मर्निग' भन्दै आइपुग्छन, यिनीहरुले गुड मर्निङ्ग भन्दा भन्दा नेपालमै हुने अधिकांश टुइटेहरु उठेकै हुदैनन्, कोइ कोइ निन्द्रा मै हिंड्ने बानी भाकाले भने देखेर फेव बटन थिच्ने गर्छन :पी ,,, अनि युरोप तिर भाकाले यिनको गुड मर्निङ्ग टुइट बेलुकाको डिनर खानु पैल्यै नै देख्छन र युएस/क्यानाडा तिर भाका चै यिनको गुड मर्निङ्ग टुइट लन्च गर्दागर्दै देख्छन अनि कति ढिलो सम्म सुतेछ ल्वाठ भन्छन मनमनै (फेरी :पी)
  • गुड मर्निङ्ग जस्तै यिनीहरुको गुड नाइट टुइट देखेर पनि संसार भरका मान्छेहरु एकपटक तर्सिन्छन |
  • यो भेगमा बस्ने र भकुण्डोमा इन्ट्रेस्ट भाका टुइटेहरु अंग्रेजी र स्पेनिस फुटबल लिग हेर्न ब्यान ३/४ बजे उठेको कुरा टुइटिन्छन |


नेपाल (काठमान्डौंमा रहने टुइटेहरु)

  • यो ठाँउका अधिकांश जसो होलटाइमर टुइटे भनेर चिनिएका हुन्छन र बाँकी चैं ठिक्क अड्डा पुगेबाट टुइट गर्न शुरु गर्छन र अड्डाबाट बेल्का निस्किने बेलासम्म टुइट गर्ने गर्छन ।
  • बिहान उठ्ने बित्तिकै उज्यालो एफएममा कायाकैरन सुन्दै गरेको टुइट र काका बाको शुभाशिष टुइटबाटै नलिए सोसाइटीमा परिन्न झैं महसुस गर्छन ।
  • दिउसो भृकुटीमण्डप (वा काठमान्डू मल) मा चिया खान कति खेर भेट्नी हो, को को भेटिने हो, भेट्न जान लाको, जादै छु (जाँदा जादै मोटरसाइकलबाटै टुइट गरिराको हूँ), भेटेर आको रमाइलो भो जस्ता आकार प्रकारको टुइट गर्ने गर्छन ।
  • साँझ परे पछी फलानो ग्रुपमा कति खेर लाइन जाने (वा आउने) हो भनेर सोधेर हरेक दिन जसो एक फेर टुइट गर्छन ।
  • यो ठाँउमा पानी पर्यो भनेर कोही एकले टुइट गर्न शुरु गरेसी यिनले टाइमलाईन मैं पानी पार्ने खुबी राख्छन :पी ।
  • नयाँ नेपाली फिलिम वा नेपाली किताब बजारमा आयो भने सब एक से एक समिक्षक हुन्छन ।
  • मैनाको अन्त तिर फलानो ठाँउमा हाइकिंग जान लाको, हाइकिंग जानलाई बिदा लेको, हाइकिंग जानलाई जुत्ता किनेको, खसीको हड्डी खाएर डाँडा काँडा हिड्नलाई जिउ तङ्ग्राएको टाइपको टुइट आउछ।



नेपाल (काठमान्डौं बाहिर)

  • काठमान्डौं जान लाको/गाको गएर फर्किन लाको थानकोटको जाममा परेको खाले टुइट गर्नु यिनको बिशेषता हो
  • काठमान्डौंको माटो गनाउने, पानी गनाउने, धुवाँ धुलोले आफुलाई एलर्जी हुने आशयका टुइटसम्म देख्न पाइन्छ ।
  • यिनले उज्यालो भन्दा बाहेक कै एफएमबाट कायाकैरन सुन्दै गरेको कुरा टुइट गर्ने गर्छन ।
  • एनटिसीको एडिएसएल नेट स्लो भाको, कुनै ठाँउ बिशेषमा फोनको टावर नटिपेको वा इन्टरनेट नभाको कुरा ट्विटिनु पर्छ यिनलाई । (इन्टरनेट नै नभएनी कसरी टुइट गर्छन, मैले अैलेसम्म बुझ्याछैन :पी)


मिडल इस्ट

  • यो भेगमा बस्नेहरु सदाबहार गर्मीको कुरा गर्छन ।
  • राम्रै काम भए पनि राम्रै जिन्दगी जिइरहेको भए पनि सबैभन्दा बड्ता दुख पाको मैं हूँ भन्नी आशयको टुइट गर्छन ।
  • यिन मध्ये क्यैले युरोप वा अम्रिका जान नपाको कुरा पटक पटक टुइट मार्फत सम्झन्छन ।


युरोप

  • युरोपाँ बस्नेहरु हरेक दिन जसो यहाँको बेदर यस्तो उस्तो भन्दै टुइट गर्छन् अनि मोवाइलको स्क्रीनसट हालेर   यति डिग्री तापक्रम टुइट गर्ने गर्छन ।
  • युरोपको देशाँ पाइने सुविधा हेरेर देशमा यस्तो भएन उस्तो छैन भन्न पर्च अधिकांशलाई ।
  • कफीको शौखिन छु भनेर सुनाउनु पर्छ ।
  • सप्तान्हमा भकुन्डो फलानोले यस्तो खेल्यो, ढिस्कानोले उल्लाई टोक्यो भनेर टाइमलाइन भर्न पर्छ ।
  • बतासे टुइट गर्नमा सबैभन्दा अगाडि हुन्चन ।


अम्रिका/क्यानडा

  • यि सबैभन्दा ढिलो टाइमलाइनमा आउछन, प्रायले गुड मर्निङ र गुड नाइट बाला टुइट गर्दैनन ।
  • नेपालाँ राती टिएल रुघेर बसेकासंग यिनको बिशेष गफ जम्ने गर्छ ।
  • यि मध्ये केहीलाई संसारकै एड्भान्स ठाँउमा छु भन्ने आशयको टुइट बेला मौका गरिराख्न पर्छ ।
  • यि मध्ये प्रायले फुटबल क्रिकेटाँ खासै चासो गर्दैनन ।
  • प्रायलाई मिडियाकर्मी/पत्रकारको खोइरो खनिराख्न पर्छ ।


यसको अलावा संसारभर जहाँ सुकै भाका नेपाली टुइटे कुनै पनि बिषयमा एक लाईन थाहा छ भने तिन लाईन टुइट गर्ने हैसियत राख्दछन ।

(पुनश्च: यो लेखले कसैलाई दाँतमै ढुंगा लाग्या झैं हुन गाको भए हामीले बाल मत्लप भनिबक्सेका छौं।)


Image source: http://justcovers.net/angry-birds/angry-birds-vs-twitter-fb-cover-funny/


Ajaya Dhungana
@dh_ajaya

No comments: