Tuesday, November 27, 2012

सामाजिक संजाल, ब्लग र नेपाली युवा

सामाजिक संजाल, ब्लग र नेपाली युवा

(२४ मार्च २०१२का दिन लेखिएको र ब्लगको ड्राफ्टमा रहिरहेको पोष्ट )
केही दिन अगाडि सामाजिक संजालको एउटा मध्यम टुइटर प्रयोग गरि पत्रकार किशोर नेपालले एउटा बन्चरो प्रहार गरे | जसमा लेखिएको थियो, नेपालको सामाजिक संजालको कब्जा केटाकेटीहरुले गरेका छन् जो ढुंगे युगका मान्छे जस्ता छन् | उनको यी शब्दले पढ्ने जति सबैलाई झस्कायो | उनि स्वयम् पनि सामाजिक संजालका एउटा प्रयोगकर्ता हुन् र पनि उनले उक्त टुइट गर्नु अघि यो कुरो हेक्का नराखे जस्तै देखियो | त्यसैले उनलाई रातारात विरोधाभास पात्रका रुपमा तयार परियो, सामाजिक संजालमा | उनका बिगतका कार्यहरुको मुल्यांकन गरियो, मुल्धारे पत्रिकाले समात्न नसकेको सामाजिक संजालका गतिका बारेमा चर्चा भयो, त्यो साता पुरै सामाजिक संजालमा |

यो एउटा उदहारण मात्रै थियो, सामाजिक संजालमा हामी नेपालीको अवस्थाका बारेमा | सामाजिक संजालको प्रयोग कुन उदेश्यका लागि हुनुपर्छ, त्यो छुट्टै वहसको बिषय हो, आज त्यता तिर नलागौ | आजको बिषय सामाजिक संजालको एउटा प्लेटफर्म ब्लगमा केन्द्रित रहने कोशिस हुनेछ, नेपाली समाजमा यसको अभ्यास र नेपाली युवा बर्गको योगदानलाई नजिकबाट नियाल्ने प्रयास हुनेछ | किनकी नेपाली समाज ब्लगिंगको अभ्यासबाट अछुतो छैन, यहाँ हेरक बिषयका बारेमा ब्लगिंग गर्नेहरु भेटिन्छन | नेपाली समाजमा प्रबिधिमा नजिकबाट पहुच भएको वर्ग युवा वर्ग हो | हो, यही युवा वर्ग नै सबैभन्दा बढी होमिएको छ ब्लगिंगको दुनियामा, यही युवा वर्गले ब्लगलाई कुन रुपमा लिन्छ, आजको कुरोको चुरो त्यही हुनेछ | सामाजिक संजाल र ब्लगले हाम्रो समाजलाई कता तिर डोराउदै छ, के माथि किशोर नेपालको टुइटमा भनिए जस्तै सामाजिक संजाल नेपालको सन्दर्भमा कलिला बच्चाहरु वा उनकै शैलीमा ठेट्नाहरुले कब्जा गरेकै हुन् त? अनि के ति सामाजिक संजालका प्रयोगकर्ताहरु विचारहिन ढुंगे युगका आदि मानव जस्तै छन् त? यिनै प्रश्नका जवाफ खोज्ने कोशिस गर्नेछौ | सामाजिक संजालबाट पनि स्पेशिफिक हुदै ब्लगमा केन्द्रित हुदै यी चर्चाहरु गर्नेछौ | त्यसो त आज-भोलि ब्लगिंगलाई पनि मोर्डन र ट्रेडिसनल भनेर बिभाजन गर्ने गरेको पाइन्छ | मोर्डन ब्लगिंगले टुइटरमा लेखिने जस्तो माइक्रोब्लगिंग बुझाउछ, जुन एकदमै थोरै, एकदमै स्पेशिफिक र अति नै कन्सनट्रेट हुनुपर्छ भन्ने मान्यता राख्दछ | तर हामी भने यो लेखमा ट्रेडिसनल अर्थात् परम्परागत शैलीकै ब्लगिंगको दयारा भित्र रहेर कुरा गर्नेछौ, जसमा लेखाइको शंख्यात्मक बन्धन हुदैन र केही हदसम्म खुल्ला मानिन्छ, जसलाई फोटो, भिडियो र लेखाइले आकर्षक स्वरूप दिन सकिन्छ | एकै हरफमा भन्दा यो खुल्ला आकाशमा उडेको चंगा जस्तै हुन्छ, लेखमा उठाइएको बिषयले धागोको जस्तै काम अर्थात् लेखको दयारालाई नियन्त्रण गर्छ |

Sunday, November 11, 2012

मिठो जिन्दगी (कविता)


मिठो जिन्दगी

म, पाहिला चल्न खोज्छु,
तिमी हिड्ने बाटो
भत्काउन तत्पर हुन्छौ,
म बैकल्पिक मार्ग खोज्छु,
तिमी मेरो गन्तव बदल्न खोज्छौ,
साँघुरा बाटाहरुको,
घुमाउर गल्छेडामा,
तिमी,एम्बुस थापेर,
मलाई तर्साउन खोज्छौ,
मलाई भगाउन खोज्छौ |

म तिमीबाट
जिन्दगीको एउटा पाठ सिक्छु,
सिक्ने कुरा कहिल्यै नसिद्धिने,
फेरी अर्को पाठ सिक्छु,
तिमी मेरो मौनता माथि
पट्यारलाग्दो राजनीति
थोपर्न खोज्छौ,
मेरो मौनतालाई,
तिमी समर्थन मान्छौ,
म हार्दीन,
तर तिमी,
आफुले मलाई जितेको मान्छौ |

Saturday, November 10, 2012

फरक एंगल

पछिल्लो दुइ महिनामा लण्डन अन्डरग्राउण्ड (मेट्रो रेल) मा यात्राका दौरान खिचिएका तस्विरहरु,

१. बेलायतको पत्रिका इभिनिंग स्ट्यानडर्डमा ब्यानर न्युज बनेको नेपालको जहाज दुर्घटनाको खबर

Thursday, October 25, 2012

रयानडम क्लिक

Random Click
रयानडम क्लिक 

Place: Hyde Park London and around
Camera used: Nokia N8

स्थान: हाइड पार्क लण्डन र वरिपरी
क्यामरा: नोकिया एन ८