Thursday, November 25, 2010

गजल

गजल

बेचैनी बढीरहेछ, आश हराउदै जादा,
धड्कन बढिरहेछ, सास हराउदै जादा,

परदेशी जीवनमा खड्कीरहेछ आमाको माया,
आमा आउ न समाउ, सहास हराउदै जादा,

आफ्नै चित्र आज, बिचित्र भै-रहेछ,
अपुरो तस्बिरको मेरो क्यानभास हराउदै जादा,

अस्थिव खोज्दैछु आफ्नै यत्रत्रत सर्बत्र,
भेटिदैन केही, बिश्वास हराउदै जादा,

आउनै पर्ने बाध्यता, आमा तिमीलाई छोडी,
गास, बास, अनि कपास हराउदै जादा |


अजय ढुंगाना
२८ डिसेम्बर २००९,
लण्डन

No comments: