Monday, February 28, 2011

लोभ्याउन सिपालु कुन्छा (संमरण); श्याम दाहाल


लोभ्याउन सिपालु कुन्छा

परीक्षाको बेला अलिक बढी नै मेहेनत गरिन्थ्यो, अघिपछि सधैँ राजनीतिकै बढी चर्चा-परिचर्चा गर्न रुचाउने जमात थियो, हाम्रो । पञ्च-प्रवृत्ति र केही साथी देखेर हो कि ? हामीहरू भ्रष्टाचारको खूब विरोध गर्दथ्यौँ । मेरा-पि्रय, परममित्र रामशरण महतजी र मैले त लमजुङ पुगेर पनि भ्रष्टाचारकै घोर विरोध गरेर खिल्ली उडायौँ । त्यहीँको घटनाले- पू.प्र.म. सूर्य ब. थापाज्यू कहिल्यै नबिर्सिने हुनुभएको छ । महतजी अहिले ढुङ्गो समाउँदा-द्रव्य हुने, माटो समाउँदा-सुन हुने, ठाउँमा पुग्नुभएको छ । म यथावत् छु । उहाँ उस्तै हुनुहुन्छ कि कस्तो हुनुभएको छ, थाहा छैन । -छँनता-प्र.म. ला ब. शास्त्रीका दाँत, सखा, मङ्गलदेव शास्त्रीले हालिदिएको व्यथा पनि जिउँदैछ ।) परीक्षाले गर्दा-महिनौँ अघिदेखि निदलाई फकाएर एम.ए. को परीक्षा सकेपछि आनन्दले दुई-चार दिन सुत्लास् भनेर लोभ देखाउँदै लगियो तर परीक्षा सकेको रात त विचरा ?... निदले झन्-झपक्कै आँखा लगाउनसम्म पनि पाएन । बाटो खोज्दाखोज्दै-विचारमा डुबेर झन् छर्लङ्ग रात बित्यो । तत्काल नयाँ समस्या पो अगाडि देखापर्‍यो-अब बिहान उठेर कहाँ जाने ? विनाकाममा के गरेर कसरी बस्ने ? चिन्तैचिन्ताले रातभरिमा दुईवटा विकल्प तयार भए । पहिलो विकल्प प्रशासन जाने । सायद यही बाटो हिँडेको भए- म पनि नेपालका अधिकांश पठित-टाठा-बाठाहरूले भ्रष्टाचार गरेर रातारात अकूत सम्पत्ति जम्मा पारेर नेपालका नामूद भ्रष्टाचारीहरूको पङ्क्तिमा सगौरव, निर्ममताका साथ शानदाररूपमा आफूलाई समाज सामु सगर्व उभ्याउन हुने थिए कि  । अर्को विकल्प थियो- राजनीतितिरै हाम्फाल्ने । त्यो समय पञ्चकै बढी बिगबिगी थियो र पञ्चको कर्म र आचारण देखेर, घरपरिवारले पटक्कै रुचाएनन्, बरु डराए । यसैबीच रामचन्द्र न्यौपानेदाइ आइपुग्नुभयो, धोबीधाराको डेरामा ।

Sunday, February 27, 2011

गजल; गोबिन्द राज विनोदी

गजल


समालेर राख यौवन मात लाग्न सक्छ
भुलभए दु:खै द:ख खात लाग्न सक्छ ।

आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा
भयो भने अति यहाँ बात लाग्न सक्छ ।

छ भनेर शक्ति आज घमण्डले फुल्दा
कुनै दिन नियतिको लात लाग्न सक्छ ।

हक खोज्दा गर्नु पर्छ कर्तव्यको ख्याल
नत्र कुनै दुर्जनको हात लाग्न सक्छ ।

गोबिन्द राज विनोदी 

Friday, February 25, 2011

सागरमा ज्वारभाटा (कविता); रबिन्द्रनाथ ठाकुर

सागरमा ज्वारभाटा 





आनन्द सागरमा आज ज्वारभाटा आएको छ
सबै मानिस तिम्रो..........समातेर बसेका छन्,
जति हुन्छ उति भारी हालिदेऊ, हाम्रो दुःखपूर्ण नाउ पार गर
छालमाथि पौड्दै हामी तर्छौ“ प्राण विलुप्त भए होओस्
आनन्द सागरमा आज ज्वारभाटा आएको छ †
पछाडिबाट पुकार्ने त्यो को हो ?
त्यो को हो जो अगाडि बढ्दा बाधा दिन्छ ?
यस भयदेखि हामी पहिले नै परिचित छौ“ ।
कसको सराप, कसैका ग्रह–दोपले हामीलाई सुखको उच्च
शिलामा बसाइदियो ।
लंगूरको डोरी हामीले लियौ“ र गाउ“दै हिंड्दैछौ“ ।

रबिन्द्रनाथ ठाकुर

Thursday, February 24, 2011

तँ, तपाईं , हजुर ! (नियात्रा); आलोक चालिसे


तँ, तपाईं , हजुर !

गैर आवासीय नेपाली अर्थात् बाजेका पालामा भन्ने शब्द - लाहुरे ! बिकाशोन्मुख् देशको नागरिक हुनुको पिडा - ज्ञान र अबसरको खोज सँगै सन् २००२ ले मलाई लाहुरे बनायो । ( हुन त भारत् बाट पाकिस्तान अलग नहुँदैको तत्कालिन लहोर शहरमा श्रम बेच्न जानेहरुलाई प्रयोग गरिने सम्बोधन हो क्यार । तर आज नेपाली शब्दकोशले स्विकारी सक्यो - परदेशीको सम अर्थमा । )
राजधानी मानै जन्मिए पनि रेल मार्ग, उधोग र आडबिक उर्जा अनी गगन चुम्बी महल जस्ता बिकास बाट पिछडीएको देश नेपालको राजधानीमा थिए म । एकएक बिदेसमा पनि संसारका सक्ती राष्ट्रहरु मध्येको जापानमा अद्ययनकोलागी आउने कुराले रोमान्चित र कौतुहल थिए । अलग जाती , फरक भाषा , प्रचुर बिकास । के होला , कस्तो होला?.....

सर्ब प्रथम त बिकास र सभ्यताले भरिएको सफा र सुकुमार शहर देख्दा आँखा खुलेका खुलेकै भये । हाम्रा नेताज्युहरुले सपना देखाएका सिङापुर यही नै पो होकि जस्तो लाग्यो । अनि नेपालकोबस्तु परक मुल्यभन्दा कताहो कता आकाश छुने बस्तुभाउ चाँही गज्जबै लाग्यो - आङै सिरिन्ङग हुने। म नेपालबाटै छात्रब्रित्ती पाउने भाग्यमानी भित्र थीइन, न त त्यती अब्बल छात्र नै । कलेज् फी र जिबन यापनका लागि जापानी श्रम मन्त्रालयको अनुमतिमा काम खोज्न थाले ।
संसारमै बिकास र पूर्वधारमा अग्रडी मध्एको जापानका जनता पनि तेत्तिकै स्वाबलम्बी र स्वाभिमानी । अफुमै निर्भर छ देश पनि र जनतहरु पनि । येस्को नकारत्मक प्रभाब नै होला , अङ्रेजी भाषाको न्युन प्रयोगका कारण बहिरि दुनियाँ र अन्य देशका नागरिक प्रती तर्किएर हिंड्ने स्वभब छ यिनीहरुको । काम्खोज्न भौतरिएको मलाई छिमेकी राष्ट्र भारतका भोजनलय संचालकहरु नै उत्तम गन्तब्य रहे । तिनिहरु प्रतीको मेरो नेपालको धारणा "खलि सिसी पुराना कागज" भन्दा बिल्ल्कुल फरक अनुभब महसुस हुँदै थियो । मेरो ठम्याइमा हामी नेपालीहरु गरीबीका कारण अद्यागमन् कानुन् मिचेर बिदेशमा "ओभर स्टे " हुन वाध्य छौ । तर हामीभन्दा पनि कम्जोर पश्चिम बङाल र बिहारका भारतीयहरु पनि तेती सारो नदेखिने रहेछन ओभर स्टे। उपल्लो तहमा आसन्न भारतीयहरु जो सुचना- प्रबिधीमा दक्ष्य छन् ,तिनिहरुको आय देखेर त हुनेखाने जापानिज पनि डाहले जल्थे । तल्ला तहका सिप बोकेका मज्दुर पनि अद्यागमन् कानुन मानेरै बसेकाहरु धेरै थिए। बिल्कुल फरक रुपमा हामी नेपालीहरु चाँही मौकाको दाउ हेर्दे १५ दिने प्रशिक्ष्यन् होस् या ४ बर्शे विद्यार्थी काल ,भागीहाल्ने दाउ हेर्ने प्रब्रीती रहेछ । यसैले त भारतीय प्रती मेरो दृष्‍टिकोड र मुल्याङ्कनमा ९० डिग्रीको बद्लब महसुस गर्दै थिए ।
समय चक्र घुम्दै थियो , ४ बर्षको अद्ययन सकाएर जापानी ब्यबसाइयिक सस्थामा काम गर्न सुरुगरे । काम चाँही बिषय भन्दा अली फरक नै ठियो । तर मौकामा दाउ हान्न म पनि नेपाली नै थिए , किन पछाडि पर्थे ? सम्झौता गरे कम्पनी सँग । काम थियो - २५ जन बिदेशी काम्दार र प्रशासन तथा अन्य ग्राहक कम्पनी बिच्मा सम्बाद्को पुल् जोड्नु थियो । त्यती बेलाको मेरो अनुभब हो - तँ , तपाईं र हजुरको फरक । हामी नेपालीहरुले साह्रै माया पएका छौ जापानीहरु बाट । तर "SYMPATHIC" माया, अर्थात निगह । तर भारतीयहरुलाई तेती माया गर्दैनन, इज्जत गर्छन् आदर छ - पेशागत दक्ष्यता को , सिप र बिकासको ।
म भित्र एउटा नजानिदो जलन थियो भारतीय सहकर्मीहरु प्रती । मान्छे मान र इज्जत को सधैं लालायीत हुन्छ नै । त्यसैले पनि म हामीलाई दयापूर्ण सम्बोधन- तिमी होइन इज्जतको व्यबहार तपाईंको महसुश गर्न चाहन्थे । अनी थोरै हिनता बोध पनि भयो । करण म पनि आम् नेपाली कै प्रतिनिधित्व गर्दै प्रशासनिक काम हेर्ने सम्झौत गरेको थिए - नोकरी बाचाउन र जापान मै टिकिरहन । संघर्श गर्ने- नेपाल फर्किएर नयाँ चुनौती सामना गर्ने या अरु उपयुक्त काम खोज्ने, तिनै वटा बाटाहरु छोडि सकेको थिए मैले । लाग्यो यिनै कारणहरु हुन हामीलाई दयाभाब को बिचरा बनाउने।
जसै तसै १ बर्ष पार गरेर अर्को बर्ष काम फेरे । नौलो कार्यालय थियो उनै भारतीयहरुको सुचना तथा प्रबिधी ब्याबसाइक संगठन । परिवर्तन खोजेको मेरो दिमागलाई राम्रो अबशर थियो त्यो । मैले प्रत्यक्ष महसुस गरे भारतीय सूचना तथा बिज्ञान प्रबिधी प्रतिको बिकासमा जापान (शायद सबै बिकशित र सक्ती सम्पन्न मुलुक) को उच्च मुल्याङ्कन ।
सहकार्यका लागि प्राश्ताब् आउथे जापानी तथा बिदेशी लगानिका ब्याबसायिक संगठनहरु बाट दिनानुदिन । बिजिनेश मिटिङ , गोस्ठी र कार्यक्रमका आमन्त्रण हुन्थ्यो दोभसेका ब्यबस्था साथ । चिनको महंगी चड्दो श्रम बजार बाट भारतीय श्रम बजारतिर आक्रिस्ठ प्रश्ताब्हरु आउथे - भारत बाटै दूर समायोजन् तथा सेवा कालागि । मेरो मन भित्र भित्रै लोभिन्थ्यो - यी र यस्ता अबशर हाम्रो देशमा भित्र्याउन रोजगारी बड्थ्यो , सिप फैलिन्थ्यो । बिकासमा कोशे ढुङा हुन्थ्यो । बाटोभरी यी र यस्तै तर्कनाहरु मनभरी समेट्दै आए । मानौ कि मैले बिकासको सुत्राधारनै फेला पारे ।
कोठामा आएर अन्लाइन मेडियाका खबरमा आँखा दौडाये - लोड्सेडिङ दैनिक १२ घण्टा, पेट्रोलको अभाब, बन्द, लुट, अपहरण, हत्त्या, बिस्फोट जस्ता अध्यारोका मुस्लाहरु । दिनभरी मौलाएको नौलो नेपालको बिकास कताबाट र कसरी थाल्ने ? मेरो सुत्र फेरि त्यही समाचारका अराजक भिड सँगै मिसियो । धेरै नियाले । छेउ - पुछर पाइन । अनी के नै गर्न सक्थे ? दूइहात जोडेर पशुपतिनाथ गुहारे - प्रभु यी भिडहरुलाई चेतना भरिदेउ । अरु केही गर्न नसके पनि तोड्फोड र बिनाशको हुन्डरी नबगाउन । त्यती भए हामी "कठै बरा बिचरा" होइन "तपाईं" को सम्बोधनमा इज्जत र मान पाउने थियौ ।

अस्तु
जुन २००८ , टोकियो
(अन्तरराष्ट्रिय नेपाली समाज जापानको प्रकाशोन्मुख स्मारिकामा प्रेसित)

www.majheri.com बाट 

Tuesday, February 22, 2011

गजल (२); रन्जना ढुंगाना (पौडेल)

 गजल

एकै छाता मुनी बिताएको त्यो बर्षात कहाँ होला? 
लड्न खोज्दा समाउने तिमो हात कहाँ होला?

चादनीको शितलतामा मुटु साटासाट गर्थ्यौ,
तारा गन्दै बसेका ति रात कहाँ होला ?

मेरा मीठा सपनाहरु पुरा गर्ने बाचा तिम्रो,
हासी हासी गरेका ति सम्बाद कहाँ होला ?

मनमा सजाएको थिए, तिम्रो बेहुली बन्नलाई,
मेरो बेहुला तिमी अनि बारात कहाँ होला ?

हर बखत हामी दुइ कल्पनामा डुबी बस्थ्यौ,
तिम्रो नामको सिन्दुर अनि सौगात कहाँ होला ?


रन्जना ढुंगाना (पौडेल)

Saturday, February 19, 2011

एक अल्छिको डायरी (हास्य ब्यङ्ग); अजय ढुंगाना



एक अल्छिको डायरी

२३/१/२०११ 
(सायद आजको मिति यही त होलानी, क्यालेन्डर हेर्न पनि जाँगर छैन)
आज बिहान ढिलै उठियो, आइतबार भएकाले | बिहान उठे पछि ल्यापटप खोल्दा, खुल्न समय लाग्ने हुनाले हिजो राती आफु सुत्ने बेलामा ल्यापटपलाई पनि सिलिपमा राखेर छोडेको थिए, ल्यापटप समाते, चार्जको कुनै चिन्ता छैन हिजो रातभरी नै चार्जमा छोडेको छु, केही एक दुइटा कामलाग्ने इमेल पत्र आउनुपर्ने थियो, त्यसैले इमेल खोले र हेरे तर आएको रहेनछ, काम नलाग्ने तातो न छारोका इमेल भने ताती लागेका रहेछन | ति सबैलाई डिलिट गर्नु पर्ने, पछि गरौला भनेर छाडे | त्यसपछि फेसबुक खोले, एक जना साथीले एउटा राम्रै लेख राखेका रहेछन, तर पुरै पढ्न लागेको कन्सिरीका रौ तातेर आयो, आखा चिम्लिएर लाइक गरिदिए, लाइक गरे पछि कमेन्ट नगरे पनि हुने, ढुक्क, बेजोडको आनन्द, जय होस् यो लाइक बटन बनाउनेको भन्ने सोचे | त्यै फेसबुकको अलि तल एउटा पेज भेटे "के पट्याउनु यो सिरक !!! भरे फेरि खोल्नु परिहाल्छ ।।।", यसो हेरेको त आठ हजार भन्दा ज्यादालाई यो कुरा एकदम जायज लाग्दो रहेछ, मैले पनि त्यो पेज लाइक गर्नलाई ढिला गरिन | अनि आफ्नै ओछ्यानमा हेरेको त हिजो राती ओडेको सिरक त्यतिकै रहेछ, तर अह पट्याइन, यो त परस्पर बिरोधी हुन्छ भन्ने लग्यो, त्यसैले सिरक त्यतिकै छोडे, फेरी बेलुका ओड्नका लागि | 
इन्टरनेटमा बस्दा बस्दै दिउसोको तीन बजिसकेछ, इन्टरनेटमा कुन कुन साइट खोले र के के गरे केही याद छैन, साथीले बनाएर ल्याएको एक कप कफी भन्दा बाहेक पेटमा पनि केही परेको हैन, कता कता भोक लागे जस्तो पो भयो त, भान्सामा गएर केही बनाउने जागर भयको हैन, लौ त लौ बनेर डोमिनोजबाट पिज्जा अर्डर गर्ने भए | अर्डर गरिसके पछि सम्झिए, आइसल्याण्ड बाट किनेर ल्याएको पिज्जा त डि-फ्रिजमा पनि थियो, तर सोचे होस्, माइक्रोओभनमा तताइन्जेल त्यास्तो पट्यारलाग्दो गरि कसले पर्खियोस | त्यहीबेला  झट्ट एउटा काम सम्झिए, बाहिर त आखिर निस्कनै पर्ने भयो; बिहान साथीले बाहिर पानी परिरहेको छ भनेको कुरा याद आयो, पानी अहिले परिरहेको छ या रोकिसक्यो अह यकिन भएन, खाटबाट उठेर झ्यालको पर्दा खोलेर हेर्न जना मन लागेन, बरु ल्यापटपमै बि.बि.सी.को साइट खोले, अनि आफ्नो घरको पोस्ट कोड हाने, आकाश सफा छ भन्ने जानकारी आयो उताबाट | डोमिनोजको पिज्जा पनि आइपुग्यो, ढोका खोल्न तल जादा बल्ल आजको दिन बाहिरको दर्शन पाए | पनि परेको थिएन, आकाश सफा नै देखिन्थ्यो | पिज्जा एकलै हसुरेपछी बाहिर निस्कने कपडा लगाएर, मन नलागी नलागी घरबाट निस्किय | पर गाडी चड्ने ठाउँमा पुगे पछि थाह भयो, मैले त ट्राभल कार्ड नै बोक्न भुलेछु | 
अब फेरी भैरे घर तिरै फर्कियो | 
ओहो कस्तो दिग्दारी हो यो, मन मनै सोचे; फेरी घर आए पछि बाहिर निस्कने जागर चलेन | खाटमा पल्टिए, जिउ दुखीरहेको महसुस भयो | आजको दिनको समयले डाडा काटिसकेको थियो, ओहो लोटरी किन्न भुल्नु हुदैन, मन मनै एउटा निर्जीव कल्पनाको महल बनाए, त्यो महलका भित्ताहरुमा राखिने चित्रहरुको तस्विर पनि बनाए | ओहो लोटरी परे पछिको यश आराम युक्त जिन्दगी, त्यो पो जिन्दगी, मन मनै सोचे त्यसैले ढिला गर्नु हुन्न टिकट किन्नका लागि, फेरी ल्यापटप खोले, अनलाइन टिकट किन्नका लागि |

आजबाट अलि एक्टिभ हुनका लागि दैनिकी लेख्न थालेको, यति लेखियो, धेरै त के लेखौ र पढ्नेलाई पनि अल्छी लाग्ला भन्ने सोच्दै......
नमस्कार


(हामीलाई प्राप्त गोप्य जानकारी अनुसार यो डायरी उक्त अल्छीले आफैले नलेखी, आफ्नो एक साथीलाई आफ्नो लागि लेख्न लगाएको पो रहेछ); सम्पादक 


अजय ढुंगाना
लण्डन




Sunday, February 13, 2011

घुम्ने मेचमाथि अन्धो मान्छे (कविता); भूपी शेरचन

घुम्ने मेचमाथि अन्धो मान्छे


दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझैं
आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर,
घाउहरु कोट्याएर;
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर;
दिनभरि
पाते च्याउझैं
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफुलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँ सडक—असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,

Thursday, February 10, 2011

गलत लाग्छ मलाई मेरो देशको बर्तमान (कविता); चैतन्य अधिकारी

गलत लाग्छ मलाई मेरो देशको बर्तमान


जब
बर्षभरी कुटो कोदालो 

र डोको नाम्लो गरेर पनि                                            
पाल्न सकिंदैन जहान
हात पसार्दा
कुहिएको चामल मिल्छ
बिदेशीको स्नेहपूर्ण दान
त्यसैले पेटमा पहिरो चलेपछि फेरि
समयमा हुँदैन निदान
र बस्ती नै सोत्तर हुने गरेर
अकालमा जान्छ मान्छेको ज्यान
तब
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब 
पटक पटक आन्दोलन हुन्छन
(असंख्य आन्दोलन हुन्छन)
तिनै निमुखा जनताको नाउँमा
र उही गरिबी हटाउने निहुँमा,
चटक गर्दै नेताहरु सिंहदरबार छिर्छन
र उतै हराउँछन्
हरबखत कुर्चीकै गरेर तानातान
तिनको त महल ठडिन्छ कान्तिपुरीमा
गरिबीको कुनै निस्कन्न समाधान
र हरेकपल्ट टीठलाग्दो बन्छ
शहिदहरुको बलिदान
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

Monday, February 7, 2011

अनुभूतिको महायात्रा, (निबन्ध); संगीत आयाम


अनुभूतिको महायात्रा

जीवनमा आगमन हुने अनगिन्ती रङहरूमा सधैँ मौसम एकैनासको नहुनु अस्वाभाविक छैन । परिवर्तन त ऋतु आगमनको सङ्केत मात्र होइन, ऋतु बिदाइको संयोग पनि हो । रिमझिम रिमझिम वर्षाद्मा पानीसँग संवाद गर्दाको पललाई कुनै सुन्दर स्वप्न देखेजस्तै रूपमा आकषिर्त हुन सकिन्छ भने हिउँदको कठ्याङ्ग्रिंदो जाडोमा सबैलाई रापिलो घामको चाह हुन्छ नै, म पनि कुनै अपवाद होइन ।

कविता अर्थात् काव्यमा विशिष्ट शक्ति छ भनेर समालोचकले भनेको कुरालाई नै अनुशरण गरेर अघि बढ्नु पर्दछ भन्ने हुँदैन, राम्रो कविता आफैँ बोल्छ र कविताले मस्तिष्करूपी तन्तुमा मात्र होइन हृदयरूपी सागरमा पनि सक्दो हस्तक्षेप गर्न छोड्दैन । हजारौँ वर्षमा दार्शनिकहरूले धेरै कुरा भनेर गए, सायद भन्न बाँकी केही पनि भएको देखिँदैन तर कहिल्यै समाप्त भएको हुँदैन सार्वजनिक नभएका कुराहरू । ओझेलमा परेका कुरामाथि पनि एकदिन उज्यालोको प्रतिबिम्ब अवश्य नै पर्नेछ, यस्तो विश्वस्तताको पनि आफ्नै प्रकारको भूमिका हुनुपर्छ । जीवनका विविध रङहरूलाई समयमै महसुस गर्न सकिएन भने जीवनको उदासीनता मात्र प्रकट हुन्छ । जीवन वैचारिक पुञ्जभन्दा बढी नयाँ नयाँ रङहरूलाई समायोजन गर्ने सन्दर्भमा अनुभूतिजन्य छ । जीवनको उदय नै सर्वोपरि सत्ता हो । सायद यसैबाट निकै अभिप्रेरित भएर होला म आजभोलि दार्शनिकताको खोजीभन्दा बढी भावनात्मक हुने कोसिसमा जुटिरहेछु ।

दार्शनिकहरूले विचारको मृत्युको घोषणा धेरै पहिला नै गरेका हुन् तर अचम्म लाग्छ, न उनीहरूले कहिल्यै मृत हुने विचारमाथि काम गर्न नै छोडे न विचारलाई अस्तित्वबाट पर राख्दै आफ्नो महत्वाकाङ्क्षालाई अघि बढाउन नै छोडे ।

दार्शनिकहरूको अवसर पाएसम्म भन्ने बानी नै हुन्छ, अर्थात् उनीहरूको खेती नै त्यही हो । उनीहरू के के भन्दछन्, त्यतातिर नजाउ" । महसुस गरेर आत्मसात् हुने कुरालाई पनि दर्शनको गरुङ्गो भारी बोकाउँदै वैचारिक श्रेष्ठता प्रमाणित गर्न खोज्नु र त्यसलाई उच्चदार्शनिकताको स्वरूपमा ग्रहण गरिनु त्यत्तिकै घातक पनि देखिन्छ । यस्तो प्रक्रियाले अर्को कुनै नयाँ दर्शनलाई नै उत्पादन गर्ने काम पनि गर्ने गर्छ ।

Thursday, February 3, 2011

शास्वत प्रेम (कविता); अजय ढुंगाना


शास्वत प्रेम

अनबरत आफ्नो यात्रामा,
मसंगको सामिप्यता,
म गास्छु या उनि गस्छिंन,
थाहा छैन,
तर पनि,
निकटता बढ्छ,
स्नेह बढ्छ,
हार्दिकता बढ्छ |

हरेक झिसमिसेमा,
म उनीलाई भेट्न पुग्छु,
उनि मलाई भेट्न आउछिन,
बात मर्छिन शब्द तरंगमा,
खबर सुनाउछिन नया र नुतन,
म सुन्छु टोलाउछु,
अनि आफै भित्र हराउछु,
हाम्रो भेट चोकमा हुन्छ,
गल्लिमा छुटिन्छ,
उनि सुगन्धि फूल लिएर आउछिन,
बसन्ती बहार लिएर आउछिन,
म बुझ्दिन उनलाई,
नारी भाब दर्शाउछिंन उनि,

Tuesday, February 1, 2011

१ मुक्तक (२); अजय ढुंगाना


१ मुक्तक

अनौठो छ मनमा आशा कस्तो कस्तो,
केही पनि नबुझिने भाषा कस्तो कस्तो,
हारेरै सकियो आफ्नो भन्ने सबै सबै,
आफ्नो दाउ नपर्ने पाशा कस्तो कस्तो




अजय ढुंगाना

गजल (११०); अजय ढुंगाना



गजल  

 १
सयौ खोला अरु पनि तर्नै पर्ने रैछ,
तिम्लाई पाउन कयौ दुःख गर्ने पर्ने रैछ,
२ 
के गढ़थ्यो र माया गाढा टाढा टाढा बस्दा,
तिम्रै घरको छेउमा डेरा सर्नै पर्ने रैछ,
३ 
समाजको बात लाग्ने आफन्त नि टाढा हुने,
माया हुन यस्तै दुःख पर्नै पर्ने रैछ,
४ 
के फल्थ्यो र माया मीठो, तिरस्कार र घृणामा,
समाजमा सस्कारको विउ राम्रो छर्नै पर्ने रैछ,
५ 
तिम्रो मीठो मायाको, जुनी भरी साथ पाउन,
नया रीतको माना पाथी भर्नै पर्ने रैछ |

अजय  ढुंगाना
१ फेब. २०११ 
लण्डन

जल्दो मैनवत्ति (लघुकथा); अजय ढुंगाना


जल्दो मैनवत्ति (लघुकथा)

धेरै दिन पछी, म आज यहाँ आएको परिवर्तनलाई अनुभुत गर्न खोज्दै थिए । म, मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिए । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झै लाग्छ, मेरो वर्तमानले । म आखा चिम्लिएर ति दिनहरुलाई बिर्षन खोज्थे, तर अपशोच म आफ्नो बिगतबाट टाढा भाग्नै सक्दिनथे ।

खुल्ला आकाशमा अल्झिएका एक दुइ टुक्रा वादललाई नियाल्दै म सोचिरहेछु स मेरो हातमा मैले बुन्दै गरेको निलो रंगको स्विटर छ । मलाई निलो रंग मनपरेको छैन र पनि धागो बदल्नलाई यहाँ आएको परिवर्तन सामर्थ्यवान् छैन ।

विस्तारै साँझ ढल्न खोज्दै थियो, परबाट आएको घोडाको टापको आवाज मेरो अँागनीमा आएर रोकियो । आज निक्कै दिन पछी यो क्रम दोहोरिएको थियो । मैले झयालबाट तल हेरं, मेरो मुहारमा निशब्धता, मौनता र शान्त मुस्कान एकै साथ छायो । आज पनि रात काट्नलाई मैनवत्ति बाल्नुपर्ने थियो, सायद त्यसैले त्यही रित दोहोरियो, त्यही द्घन्द चर्कियो ऊ र म बिच, जुन मैले बिगतमा कयै पटक भोगेको छु, अन्ततः आफ्नो हार उसैलाई र्समर्पण गरेको छु । शान्त, सुभ्र, स्निग्ध मैनवत्ति जलिरहेछ तर अवाक भएर मलाई हेरिरहेछ ।

मैले मनमनै महसुस गरं स्विटर बुन्नलाई अब धागो बदल्न त सकिएला तर यहाँ आएको परिवर्तन मेरो जिन्दगीको परिभाषालाई बदल्न अंह, सामर्थ्यवान् रहेनछ । मैनवत्ति जलिरहेथ्यो बिस्तारै त्यसका शिखाहरु, मैनवत्तिको टुप्पोबाट तल झरिरहेथे तप्प, तप्प.......

अजय ढुंगाना

मा २००७/०५/०२ मा प्रकाशित
नोभेम्बेर २३, २०१० मा अभिनव.कममा  प्रकाशित