Sunday, October 30, 2011

अक्सफोर्ड यात्राको सम्झना


अक्सफोर्ड यात्राको सम्झना


लक्ष्मी पुजाको दिन गरेको अक्सफोर्ड यात्राका केही मिठा नमीठा, राम्रा नराम्रा तर सबै यादगार पलहरुको तस्विरलाई आजको ब्लगको सामाग्री बनाएको छु | सबै तस्विरहरु आफै बोल्न सक्दैनन् कि भनेर धेरै-थोरै तस्विरका बारेमा पनि लेखेको छु |


अक्सफोर्ड पुगे पछि त्यहाँ देखिएको, अक्सफोर्ड शहरका बारेमा राखिएको Information Board.



युनिभर्सिटी अफ अक्सफोर्डको सेड बिजनेस स्कुलको भवन


अक्सफोर्ड क्यासलको प्रवेशद्वार



अक्सफोर्ड क्यासलकै माथि फहराईरहेको संयुक्त अधिराज्यको झन्डा



अक्सफोर्ड क्यासलकै पछाडी रहेको यी दुइ खरानी रंगका बिरुवा प्राकृतिक नभई कन कृतिम हुन्; तर छुट्टाउनै मुस्किल


यो चाहीं बिज्ञानको इतिहासको बारेमा संग्रालयको प्रवेश द्वार 



क्यामराले क्यामरा कै इतिहास र बिकाश क्रम खिच्दै 


संग्रालय भित्र राखिएको उ जमानाको दुरबिन



यो तस्विर चै आफै बोल्न खोजिरहेछ जस्तो लाग्यो :)


नेचुरल हिस्ट्री म्युजियममा रहेको डाइनोसरको करिब ६ करोड ५० लाख बर्ष पुरानो कंकाल


नेचुरल हिस्ट्री म्युजियममा कसैको इन्तजारमा हो कि जस्तो देखिन्थ्यो तर हो हैन बुझ्न सकिएन, एक कृतिम गधा :) तंपाई पनि तीन पल्ट नहाँस्नु होला नि :)


यो तस्विरमा देखिएको मुर्ति जस्तो देखिने यो केटी मुर्ति नभई तंपाई हामी जस्तै सजिब मान्छे हो, चटके केटी 


अक्सफोर्ड यात्राका म बाहेकका अन्य सहभागीहरु, देब्रेबाट क्रमश: बिमिप श्रेष्ठ, राजन सापकोटा, मोहन खड्का, प्रमोद डल्लाकोटी, नबराज पराजुली, गरिमा राई, रोजी शर्मा, दिपिका शाक्य


र अन्त्यमा यो पनि हेर्नुहोला,
आजका लागि तस्विरहरु यति नै, तंपाईको अमुल्य समयका लागि धन्यबाद |



सम्पूर्ण तस्विरहरु: अजय ढुंगाना

No comments: