Saturday, December 31, 2011

New Year wishes from London.

लण्डनबाट नयाँ बर्षको शुभकामना
[New Year wishes from London.]


अलबिदा बर्ष २०११ 


सु-स्वागतम बर्ष शंख्या २०१२ 




संसारको जुनसुकै कुनामा रहनु भएको भए पनि, जस्तो अवस्थामा रहनु भएको भए पनि हामी तपाई सबैलाई नयाँ बर्ष २०१२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ | नयाँ बर्षले आपसी प्रेम, सद्भाव र शान्ति छर्न सकोस, यहि नै हाम्रो कामना | नेपाली भाषा, साहित्य र संस्कृतिलाई माया गर्नुहुने र अभिनव.कमलाई नजिकबाट नियाली रहने तपाई सबैलाई हार्दिक मंगलमय शुभकामना |

अभिनव.कम परिवार

(तस्विरहरु:
 माथिको लण्डनको प्रख्यात बिग बेन घडी 
तलको लण्डन आई)
(फोटो श्रोत: विभिन्न वेव साइटहरु )

Wednesday, December 28, 2011

टि-ट्वान्टी विश्वकप क्रिकेट २०१२ र नेपालको सम्भावना


[Nepal's possibilities in T-20 World Cup 2012]
टि-ट्वान्टी विश्वकप क्रिकेट २०१२ र नेपालको सम्भावना

सेप्टेम्वर १८, २०१२बाट श्रीलंकामा शुरु हुने टि-२० विश्वकप क्रिकेटको चौथो संस्करणमा एसोसिएट राष्ट्रहरु मध्यका दुइ राष्ट्रले सहभागी हुन पाउनेछन | त्यसका लागि १६ राष्ट्र सम्मिलित छनोट चरणमा बिजेता या उपबिजेता हुनुपर्नेछ | जुन प्रतियोगिता मार्च महिनाको १३ तारिखबाट यु.ए.यी.मा शुरु हुदैछ | गत महिना काठमाडौँमा सम्पन्न एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटमा सेमिफाइनलमा पुगेर नेपाल एसोसिएट राष्ट्रहरुको छनोट प्रतियोगिताका लागि छनोट भएको हो | एसोसिएट राष्ट्रहरुको छनोट प्रतियोगिताको आयोजक यु.ए.यी. भने प्रतियोगिताका लागि भने छनोट हुन सकेन | अब चर्चा गरौ नेपालको विश्वकप यात्राको सम्भावनाका बारेमा; एसोसियट राष्ट्रहरुमा नेपाललाई बलियो टोलिका रुपमा हेरिदैन | नेपालको कम्जोर ब्याटिंगका बारेमा सारा विश्वलाई थाहा छ | तर नेपाली बलिंग भने चुस्त मानिन्छ | एउटा खेल चुस्त बलिंगका कारणले जित्न सकिएला, तर पुरै प्रतियोगिता वा सिरिज चुस्त बलिंगका कारणले जित्छु भन्नु मुर्खता हुनजान्छ | नेपालको कम्जोर ब्याटिंग हालै सम्पन्न एसीसी ट्वान्टी ट्वान्टीमा अफगानस्तान र ओमानसंगको पराजयबाट मुल्यांकन गर्न सकिन्छ | वा त अघिल्लो बर्ष तन्जिनियासंग एकदिवसीय खेलमा ११७ रन पछ्याउने क्रममा ब्यहोरेको ९ रनको हार र डिभिजन ४ मै अडकनु परेको यथार्थ हेर्न सकिन्छ | उमेर समुहको क्रिकेटमा केहि राम्रै उपलब्धि हासिल भए पनि राष्ट्रिय टोलिको प्रदर्शन भने निराशा जनक नै छ, आजका दिनसम्म | हाम्रो देशको क्रिकेटको स्तर कहाँ छ, हाम्रो देशको प्रतिनिधित्व गर्ने टोलीबाट कतिसम्मको आशा गर्न मिल्छ भन्ने कुरा बुझ्न सकिन्छ | छनोट प्रतियोगिताबाट छनोट भएर नेपाली टोली विश्वकपसम्म पुगे त्यो नै नेपाली राष्ट्रिय टोलीको अहिलेसम्मको सबैभन्दा ठुलो सफलता हुनेछ |

Tuesday, December 27, 2011

एउटा निरास लडाकुको कथा

एउटा निरास लडाकुको कथा
A Story of Disillusioned Solder.


अल जजिरा टि.भी.ले केही दिन अगाडि प्रशारण गरेको वृत्तचित्र दि डिस्इल्युजन्ड सोल्जर (निरास लडाकु)ले चन्द्रभक्तको कथा वर्णन गर्छ। नेपाली वृत्तचित्रकार सुविना श्रेष्ठले चन्द्रभक्तलाई लामो समयसम्म क्यामराले  पछ्याउदै यो वृत्तचित्र तयार परेकी हुन् |
दिदीको हत्या पश्चात माओबादीका पूर्णकालिन सदस्य भएका संगम अर्थात् चन्द्रभक्त युद्धबिराम भए पछि शिबिरमा रहदा माओबादी लडाकु रुपासंग बिबाह गरेका हुन् | शिबिरबाट अयोग्य लडाकु भएर बाहिरिनु पर्दा उनि खुशी थिएनन् | त्यति नै बेला उनिकी श्रीमती दुई जिउकी हुन्छिन | कृष्ण गोरखाको ग्रामिण भेगमा रहेको आफ्नो घरमा पुग्छन, बर्षौ पछि आफ्नो आमा बुवालाई भेटछन् | संयुक्त राष्ट्रसंघको सहयोगमा मोबाइल बनाउने तालिम लिएका चन्द्र आफ्नै पसल खोल्ने योजना बनाउँछन् | केही पछि चन्द्र र रुपाको छोरी जन्मिन्छे | उनीहरु दुवै जना अब सैनिक नहुने र छोरीलाई पढाउनु पर्ने कुरा सोच्छन | रुपा आफुले पढाई छोडेर माओबादीमा जादा आफ्नो बच्चै बुद्धी भएको र आफुलाई ठिक र गलत के हो थाहा नभएको सम्झिन्छिन | पार्टीले बाई.सी.एल.को जिम्मेवारी थमाएको हुन्छ चन्द्रभक्तलाई र त्यसैको लागि उनि काठमाडौँ आउछन | बाई.सी.एल.मा रहदा दिन भरि त्यतिकै खाली बस्नु पर्दा आफ्नो जिन्दगी त्यतिकै बर्बाद हुदै गएको महसुस गर्छन उनि | परिवार पाल्नु पर्ने बाध्यतालाई पनि उनि सम्झन्छन् | आफ्नो पार्टीले चुनाब जितेर सरकारमा पनि गैसकेको थियो, तर पार्टीको कार्य-शैली प्रति बिस्तारै उनलाई बितृष्णा बढ्दै जान्छ | पार्टीले बाटो बिराएको भान हुन्छ उनलाई | उनि सामेल भएको कृष्णभीरको लडाई सम्झदै भन्छन "हामीलाई त पूरै विश्वास थियो, हामी नयाँ नेपालको लागि लडेको भनेर तर आफ्नै पार्टीले हामीलाई त्याग्यो |"

Sunday, December 25, 2011

क्रिसमसको शुभकामना

अभिनव.कमको तर्फबाट क्रिसमसको शुभकामना




तपाई जहाँ रहनु भएको भए पनि तपाई सबैलाई क्रिसमसको हार्दिक मंगलमय शुभकामना
अभिनव.कम परिवार

Wednesday, December 14, 2011

महाकवि देवकोटाको यात्री कविता गीतमा

महाकवि देवकोटाको यात्री कविता गीतमा


चलचित्र बासुदेवमा राखिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविता रबिन शर्माले गाएका हुन् | कविताका सबै हरफहरु अक्षरम्स गाइएका छैनन् | गीतका रुपमा गाउनका लागि केही हरफहरु काटिएको हुनुपर्छ  र पनि गायक र संगीतकारले देबकोटाको रचनामा न्याय गरेको मान्नुपर्छ | निकै नै चर्चित यो कवितालाई गीतको रुपमा यसरी गाइएको छ |

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने,
साथ कसोरी लाने हो ?
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने,
साथ कसोरी लाने हो ?

Tuesday, December 13, 2011

पैसाका विभिन्न संकेतहरु


Symbol of various currencies, 
#CurrencySymbol
पैसाका विभिन्न संकेतहरु


पैसा मानिसको जीवनको एक अत्याबश्यक बस्तु | संसारभरका देशहरुमा फरक फरक पैसा प्रयोग गरिन्छ | यूरोपका १७ देशमा साझा मुद्रा यूरो प्रयोग गरिन्छ, यो नै संसारको सबैभन्दा धेरै देशमा प्रयोग हुने मुद्रा हो | केही देशहरु आफ्नो देशको छुट्टै मुद्रा प्रयोग नगरी अर्को देशको स्थिर मुद्रा प्रयोग गर्ने पनि गर्छन | जस्तै एल साल्भाडोरले अमेरिकी डलर प्रयोग गर्छ भने जिम्बाबेले हालैका दिनमा आफ्नो 36जिम्बाबिन डलरको प्रयोग नगरी अमेरिकी डलर प्रयोग गर्दै आएको छ | आजको ब्लगमा भने हामी संसारका कुन कुन देशमा पैसाका लागि कस्ता कस्ता संकेत प्रयोग गरिन्छन भन्ने चर्चा गर्न लागेका छौ | पैसाको संकेतको कुरा गर्दा खेरि '$' सबैभन्दा ज्यादा प्रयोग हुने संकेत हो | अमेरिकी डलरमा यही चिन्नको प्रयोग हुन्छ | आम मस्तिष्कमा '$' भन्ने बित्तिकै अमेरिकी मुद्रा भन्ने बुझिने भए पनि यो अमेरिकाका अलावा अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड, सिंगापुर, हंगकंग, चिली, बरमुडा, जमैका, लाइबेरिया आदि देशका मुद्रामा पनि यही संकेत प्रयोग गरिन्छ | रमाइलो कुरा के छ भने '$' चिन्नको प्रयोग यूरोपको कुनै पनि देशमा भएको पाइदैन | ब्रिटिश पाउण्डको संकेत '£' दोश्रो प्रख्यात संकेत चिन्न हो भने, जापानिज येनको चिन्न '¥' र यूरो '€' त्यसपछिका अरु प्रख्यात चिन्न हुन् |

Monday, December 12, 2011

मेरो लामो कविता


१.


तिमी पढ्दैनौ,
मेरो लामो कविता,
नलेख्दै जाती |

(यो एउटा हाइकु मात्रै हो, कविताको सबैभन्दा सक्षिप्त रुप, लामा कविता पढ्न रुची नगर्ने पाठकहरु प्रति समर्पित)


अजय ढुंगाना


Saturday, December 10, 2011

बेमौषमको कथा; अजय ढुंगाना


बेमौषमको कथा


किन्चित, मस्तिष्कमा अल्झिएका पुराना कुराहरु सम्झीरहेछु | बाहिर बेजोडको हावा चलिरहेछ | हावाले मनमा एउटा भय उत्पन्न गराइरहेछ | झ्यालको छेउमा गएर उभ्भिएर बाहिर हेर्छु | आकाश डरलाग्दो देखिन्छ, साझको चार बज्न खोज्दैछ, साझ यसअर्थ कि अन्धकार बढ्दैछ, समय साझ जस्तै बनेर उभ्भिएको छ | बेजोडको हावा-हुरीले मन फेरी भयभित बन्छ | मन चिस्सिएर आँउछ, अनि बिस्तारै पुरै शरीर नै चिसो हुन्छ | मोजा नलगाइएका खुट्टाहरु एक माथि अर्कोले टेक्दै तातो बनाउने कोशिश गर्छु | हातले सेन्ट्रल हिटिंगका पाताहरु छुन्छु | एकै छिनमा हात पोले जस्तो हुन्छ, हात सेन्ट्रल हिटिंगका पाताबाट हटाउछु | सेन्ट्रल हिटिंगका पाताहरु आफैमा ताता थिए तर कोठा तातेको थिएन | चिसोका सृंखलाहरु शुरु भएका थिए | डिसेम्बरको पहिलो हप्ता भर्खरै सकिएको छ, खाटमा रहेको ल्यापटपमा बि.बि.सी.नेपाली सेवाबाट प्रशारण हुने समाचार बजिरहेछ, मेरो पुरै ध्यान त्यो समाचारमा मात्रै छैन | म अरु नै केही पनि सोच्दैछु, तर के यति बेला बिर्सीसके | 

एकै छिनमा खाटमा आँए, सिरक ओढे र भित्तामा आढेस लगाए | सिरक भित्रको न्यानोमा खुट्टाहरु खुशी थिए | हातहरु भने मुखसम्म पुगिसकेका रहेछन, उफ्फ़ फेरी नंग टोक्न थालिसकेछु | सम्झे पछि त्यो छोडे, अनि चस्मा खोलेर चस्माका शिशाहरु पुछे र लगाए | चस्मा दोषी होइन रहेछ, कोठामा नै उज्यालो कम भएको रहेछ | खाटबाट नउठीकनै बत्तिको स्विच अन गरे | उज्यालो बढे पछि अलि सजिलो लाग्यो | मन शान्त भए जस्तो भयो | तर होइन रहेछ, मन पुराना कुराहरु सम्झन व्यस्त हुन थाल्यो |

Thursday, December 8, 2011

एगेन एट लन्डन ब्रिज

एगेन एट लन्डन ब्रिज


डिसेम्बरको यो चिसो साँझमा फेरी एक पटक लण्डन ब्रिज हुदै टावर हिल ब्रिजसम्म पुग्दा मसंग हातमा क्यामरा थिएन | साँझका मनमोहक दृश्यहरु साथमा भएको आइफोनबाट कैद गर्ने कोशिस गरे, जुन तस्वीरहरुलाई मैले आजको ब्लगको सामग्री बनाएको छु |


लण्डन ब्रिज, लण्डन

Friday, December 2, 2011

सम्प्रति मृत्युउत्सवहरु (कविता); सरुभक्त


सम्प्रति मृत्युउत्सवहरु


जिन्दगी
एस–ट्रेभित्रका विद्रोहहरु
ताप्केबाट उम्कन खोज्दा भुङ्ग्रोमा

शुभ–साइत दुर्भाग्यहरुको
च्याउको रुख चढदै
गलगाँड सुन्दरीहरु रगतको नदीमा
माछामार्दै छन्

वन्दी प्रत्यक्षीकरण रिट: मिसिलविना
औद्योगिक जोगीहरु सुरुङभित्र धरहराहरु
उत्पादन गर्दैछन्

अवशिष्ट गौरवगाथा : जाउँ वरु भाडाका
टट्टु वनी विक्नलाई
हामीसित देशमा वालसैन्य छँदैछ