Tuesday, September 27, 2011
Tuesday, September 20, 2011
एउटा नियती (कविता); अजय ढुंगाना
एउटा नियती
एउटा नियती
वदलियपछी,
वा नवदलियपछी,
मेरो विश्वास बदलिन्छ,
वदलिन्छ तिमी प्रतिको मेरो आस्था,
हर नियती पश्चात,
मेरो विश्वास बदलिन्छ |
हर नियती समस्या होइन,
हर नियतीसंग समाधान हुदैन,
त्यो त तिमी हौ,
समस्याको अजङ्ग पहाड,
समाधानको मलिन आश,
Friday, September 16, 2011
दशैँ आयो, तिहार आउदैछ; अजय ढुंगाना
दशैँ आयो, तिहार आउदैछ
हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
.........…...............….............................
पानीको वर्षा घटेर होस् वा हिलो मैलो हटेर होस्, दशैँ आएको भान भै-रहेछ मलाई यतिबेला | बर्षको मध्यमा पर्ने शरद ऋतु र मनोरम शरद ऋतुमा पर्ने यो महान पर्बले घरबाट टाढा रहदा खेरिको आत्मियताको अभाबलाई फेरी एकपटक महसुस गराएको छ | दशैँको फूलपातीका दिन परिवारसंग छुट्टिएर लण्डन उडे पछि परिवारसंग संगै दशैँ मनाउन नपाएको यो तेश्रो दशैँ हुनेछ | यो बिशेष महत्वको पर्ब, आफन्तलाई एक-साथ जुटाउने पर्ब, उत्साह र उमङ्गको पर्ब, मलाई यो पर्ब आउदाको समय नै निक्कै रमाइलो लाग्ने गर्थ्यो; सानै देखी |
काठमाडौँमा रहदाको चार पाँच बर्ष टिकाको केही दिन अगाडि मात्रै घर गइन्थ्यो; चाड बाडको समयमा गाडीको टिकट पाउन मुस्किल हुने हुनाले कहिले गाडीमा उभ्भिएर त कहिले माइक्रो बसमा कोच्चिएर | पाँच छ घण्टाको कहालीलाग्दो यात्रा र त्यसको थकान त्यो सबै भुलिन्थ्यो, दशैँमा घर पुगे पछी | दशैँमा घर पुग्दा यस्तो लाग्थ्यो घर मलाई पर्खेर बसिराखेको छ; मेरै प्रतीक्षामा छ; मेरै इन्तजारमा छ | बुबा आमा, छर छिमेक, गाउँ घरका साथी भाइ सबैसंगको फुर्सदिलो भेटघाटले सम्बन्धको आत्मियतालाई फेरी एकपटक नयाँ उचाईमा पुराउथ्यो; अनि रोजगारी र पढाईका लागि मुग्लान छिरेका दाजु भाइ दशैँका लागि क्रमश फर्किरहेका हुन्थे, ति मध्ये कसैसंग त बर्षौ पछि भेटघाट हुन्थ्यो |
Thursday, September 15, 2011
शब्दको किनारैकिनार (कविता); अभि सुबेदी
शब्दको किनारैकिनार
राती
कति आँशु बगे
थाहा पाइनँ
बिहानको खोलाको स्वाँ ! सुनेपछि
वगेको मन झिक्न
हतारहतार शब्दको किनारैकिनार दौडेँ ।
अभि सुबेदी
Source: http://sanjaal.com/
राती
कति आँशु बगे
थाहा पाइनँ
बिहानको खोलाको स्वाँ ! सुनेपछि
वगेको मन झिक्न
हतारहतार शब्दको किनारैकिनार दौडेँ ।
अभि सुबेदी
Source: http://sanjaal.com/
Thursday, September 8, 2011
गजल ११५, अजय ढुंगाना
Sunday, September 4, 2011
म (कविता); भूपी शेरचन
Labels:
कविता,
घुम्ने मेच माथि अन्धो मान्छे,
भूपी शेरचन
Saturday, September 3, 2011
एउटा नाटक बदलिएपछी (कविता); अजय ढुंगाना
Subscribe to:
Posts (Atom)